site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
निर्मला कुर्मीलाई न्याय माग्दै सिंहदरबार गेटमा प्रदर्शन (तस्बिरहरू)  
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । करिब दुई महिनादेखि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका छन् । अपहरणपछि हत्या गरिएकी बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको मुद्दा अदालत पुर्‍याउनुपर्ने मागसहित धर्नामा बसेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको छ  । 

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ‘गृहमन्त्रीलाई खोज्न सिंहदरबार प्रवेश गर्न लागेको’ भन्दै उनीहरूले नाराबाजी गरेका थिए । निर्मला कुर्मीको मुद्दा अदालतमा पेस गरिनुपर्ने मागसहित उनीहरू गत साउन २५ देखि माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् । 

घटनाको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंसिरमै प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरिसकेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा पेस गर्न सरकारी वकिल कार्यालय बाँकेमा पठाइसकेको छ । तर, मुद्दा अझै सरकारी वकिल कार्यालयमा दर्ता हुन सकेको छैन । 

तस्बिरहरू हेर्नोस्– 

Pradasan_-(14)-1728037463.jpg

Pradasan_-(12)-1728037462.jpg

Pradasan_-(13)-1728037462.jpg

Pradasan_-(15)-1728037463.jpg

Pradasan_-(11)-1728037462.jpg

Pradasan_-(10)-1728037461.jpg

Pradasan_-(9)-1728037461.jpg

Pradasan_-(8)-1728037460.jpg

Pradasan_-(4)-1728037459.jpg

Pradasan_-(5)-1728037459.jpg

Pradasan_-(6)-1728037459.jpg

 

Pradasan_-(1)-1728037458.jpg

Pradasan_-(3)-1728037458.jpg

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro