site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा हायस दुर्घटना : डेढ घण्टापछि गरिएको थियो दुईजनाको उद्धार

काठमाडौं । सिन्धुलीमा शुक्रबार बिहान दुर्घटनाग्रस्त हायस माइक्रोबसमा सवार चालक र यात्रुको उद्धार गर्न जेसीबीको प्रयोग गरिएको छ ।

बिहान करिब ४ः२० बजे कमलामाई नगरपालिका–८, सिस्नेरीमा बा५ख ६६१८ नम्बरको हायस दुर्घटना भएको थियो । दुर्घटनाको डेढ घण्टापछि मात्र दुईजनाको उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ ।

उद्धारमा खटिएका एक प्रहरीका अनुसार, हायस सडकछेउको नालामा खसेर भित्तामा ठोक्किई दुर्घटना भएको थियो । हायसमा चालकसहित १९ जना सवार थिए । १९ मध्ये १५ जना घाइते छन् ।

हायसमा सवार दुईजनाबाहेक अरू सबैको तत्कालै उद्धार गरिएको थियो । त्यसपछि उपचारका निम्ति १३ जनालाई सिन्धुली जिल्ला अस्पतालमा पठाइएको थियो ।

हायसका चालक र अगाडि सिटमा बसेका एक यात्रुको उद्धार तत्काल सम्भव नभएको ती प्रहरीले जानकारी दिए । “जेसीबी लगेर डेढ–पौने दुई घण्टापछि चालक र अगाडि सिटमा बस्नुभएका एकजनाको उद्धार गरिएको हो,” ती प्रहरीले बाह्रखरीसित भने, “उहाँहरूलाई गम्भीर चोट लागेको छ ।”

उद्धारपछि उनीहरू दुईजनालाई पनि सिन्धुली जिल्ला अस्पतालमा पठाइएको थियो । त्यहाँ सामान्य उपचारपछि सबै घाइते (१५ जना)लाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, काठमाडौंबाट मोरङतर्फ जाँदै गरेको हायस दुर्घटना भएको हो । हायसमा सवार अरू चारजनाको अवस्था सामान्य रहेको र उनीहरू अर्को गाडीमार्फत आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro