site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आज २७ जिल्लाका नदीहरूको बहाब घटबढ हुन सक्ने (सूचीसहित)

काठमाडौं । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि बढेका नदीहरूको अवस्था सामान्य हुँदै गएको छ । आज बिहान गरिएको मापनअनुसार, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाब पनि सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ ।

आज झन्डै २७ जिल्लामा नदीहरूको बहाब घटबढ हुन सक्ने पूर्वानुमान गरिएको छ । आज पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, कास्की, तनहुँ, पाल्पा, स्याङ्जा र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको जलसतह आकस्मिक घटबढ हुन सक्ने पूर्वानुमान छ ।

भोलि कोसी प्रदेश र वाग्मती प्रदेश भएर बहने केही ससाना नदीहरूमा बहाब बढ्ने पूर्वानुमान गरिएको छ । पर्सि शनिबार भने देशभरका नदीहरूको बहाब सामान्य अवस्थामा रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

461923489_122137970168355476_512475649057951033_n-1728009064.jpg

462026664_122137970198355476_4450265356901641369_n-1728009064.jpg

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro