site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे तीन अर्ब बराबरको धानबाली नष्ट, माछा पोखरीबाट एक अर्ब १३ करोडको क्षति
बाढी नष्ट भएको धानबाली ।

काठमाडौं । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीपहिरो र डुबानले बाली तथा पशुपन्छी क्षेत्रमा पनि ठूलो क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति शृंखलाका साथै अन्य क्षेत्रमा ठूलो क्षति भएको छ ।

मन्त्रालयको प्रारम्भिक विवरण अनुसार, ५८ हजार ४७६ हेक्टर धानबाली नष्ट भएर तीन अर्ब ५० करोड बराबरको क्षति भएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्कि, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा धानबाली नष्ट भएको हो ।

यसैगरी, खोटाङमा एकहजार ३०० हेक्टर अलैँची नष्ट भएर ७० करोड बराबरको क्षति भएको छ । पर्सामा ८५ हेक्टर उखुखेती नष्ट भएर ३४ करोड बराबरको क्षति भएको छ ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा ४५८ हेक्टर माछा पोखरीमा क्षति भएको छ । जसबाट एक अर्ब १३ करोड बराबरको क्षति भएको छ ।

पाँचथर, धनकुटा, तेर्हथुममा २४ पशुगोठमा क्षति भएको छ ।

पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा गरी २६ हजार २०५ पशुपन्छीको मृत्यु छ ।

कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहटमा २२ हेक्टर फलफूल बगैँचामा क्षति भएको छ ।

खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा चारहजार ७४३ हेक्टर तरकारी बालीमा नष्ट भएको छ ।

यस्तै, दुईवटा कोल्डस्टोरमा क्षति भएको छ ।

लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसिकोट, फिकल, कीर्तिपुर, माफ, नवलपुरमा १६ करोड बराबरको मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनामा क्षति पुगेको छ ।

अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।


१. माननीय मन्त्रीज्यूको समुपस्थीतिमा मन्त्रालयमा आकस्मिक बैठक बसी वर्षाका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतियोग्य जमिन, कृषि सम्बन्धी पूर्वाधार, आपूर्ति श्रृंखला लगायतका क्षेत्रमा परेको क्षतिको तत्काल मूल्याकंन गरि आवश्यक तत्कालीन र दीर्घकालीन रुपमा मन्त्रालयले आगामी दिनमा चाल्नुपर्ने पुनर्स्थापना लगायतका कार्यक्रमहरू मातहतका निकायबाट प्रस्ताव गर्न निर्देशन भएको ।
२. कृषि तथा पशुपन्छी क्षेत्रमा क्षतिको विवरण प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी क्षेत्र हेर्ने मन्त्रालयसँग माग गरियो र प्राप्त विवरण अनुसार मुख्यतया कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा बढी क्षति भएको र अन्य प्रदेशहरूमा तुलनात्मक रुपमा कम क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको र विस्तृत विवरण प्राप्त हुने क्रममा रहेको
३. मन्त्रालयको आयोजनामा खाद्य सुरक्षा क्लस्टरको बैठक बसि सम्पूर्ण साझेदार संस्थाद्वारा खाद्य सुरक्षा
क्षेत्रमा तत्काल गरिरहेको कार्य र दीर्घकालीन रुपमा गर्नुपर्ने पुनर्स्थापनाका कार्यहरूको बारेमा छलफल

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro