site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुग्यो : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मंगलबार दिउँसोसम्म २२४ जनाको मृत्यु, २४ बेपत्ता, १५८ घाइते भएका जानकारी दिए ।

२१ जिल्ला प्रभावित भएको र चार हजार ३३१ जनाको उद्धार गरी सुरक्षित क्षेत्रमा पठाइएको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख छ । 

खानेपानीका संरचनामा तीन अर्ब ५५ करोड, सडक संरचनामा दुई अर्ब ५२ करोड, उर्जाका पूर्वाधारमा चार अर्ब, सिँचाइका पूर्वाधारमा एक अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जनाइएको छ । ३७ राजमार्गको अवरोध भएकोमा ९ वटाको अवरोध हटाइ सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro