site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको प्रसारणलाइन विकासमा नर्वेले सहयोग गर्ने

काठमाडौं । नेपालको प्रसारण लाइनमा नर्वेले सहयोग गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँगको भेटमा नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलले सहयोग गर्ने बताएकी हुन् ।

राजदूत द्रामदलले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि नर्वे सरकारको सधैँ साथ र सहयोग रहँदै आएको बताइन् । उनले आगामी दिनमा प्रसारण लाइनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताइन् ।

नेपाली विद्याथीलाई नर्वेमा जलविद्युत्‌सम्बन्धी अध्ययन गर्नका लागि सहयोग गर्दै आएको समेत उल्लेख गरिन् ।

राजदूत द्रामदलले नर्वेले जलविद्युत्‌बाहेक विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको बताइन् । नर्वेले विकासका लागि ऊर्जासम्बन्धी नेपाली विद्यार्थीलाई तालिमसमेत प्रदान गर्दे आइरहेको राजदूतको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले नर्वे नेपालका लागि महत्त्वपूर्ण विकास साझेदार भएकाले ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोगका लागि धन्यवाद दिए । दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्यलाई अगाडि बढाउन जलविद्युत् विकासदेखि क्षमता निर्माणसम्मको नर्वे सरकारको योगदान अमूल्य रहेको मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले नेपालको जलविद्युत्, प्रसारण र वितरणमा रोजगारीका लागि तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले तिनाउ, आँधीखोला, झिम्रुक, खिम्ती, माथिल्लो तामाकोसीलगायत ठूला जलविद्युत् आयोजना र लघु जलविद्युत आयोजना निर्माणमा नर्वे सरकारको सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro