site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक्स्पेङ जी ६ एसयूभी प्रि बुकिङ गरेका ग्राहकले दसैँअघि नै गाडी पाउने

काठमाडौं । एक्स्पेङ ईभी ब्रान्डको नेपालका निम्ति आधिकारिक वितरक सीजी मोटर्सले प्रि बुकिङ गरिएका गाडी चाँडै पुग्ने जनाएको छ छ । कम्पनीले एक्स्पेङ जी ६ गाडीहरू आउँदो दसैँअघि नै वितरण गरिने जानकारी गराएको हो ।

एक्स्पेङ जी ६ बुक गरेका ग्राहकले दसैँअघि नै गाडी पाउने गरी चीनबाट प्रस्थान गरिएको कम्पनीले जनाएको छ । गाडी छिट्टै नेपाल आइपुग्ने एक्स्पेङको भनाइ छ ।

सीजी मोटर्सले प्रारम्भिक पूर्वानुमानभन्दा धेरै गाडी बुकिङ गराउन सफल भएको जनाएको छ ।

यसले एक्स्पेङको स्मार्ट ड्राइभिङ प्रविधि, स्वचालित ड्राइभिङ, अल्ट्रा–फास्ट चार्जिङ, ५०ः५० लोड रेसियो र एसईपीए २.० प्रति ग्राहकको विश्वास बढेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले गाडीको ग्राहक सेवा र वितरण समयमा नै गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro