site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ललितपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु हुन अझै केही दिन लाग्ने
फाइल तस्बिर ।

काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण ललितपुरका धेरै स्थानमा विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रका अनुसार कतिपय स्थानमा पोल ढलेको र बाटो समेत नभएका कारण विद्युत् सुचारु हुन अझै केही दिन लाग्नेछ ।

लाकुरी भन्ज्याङ क्षेत्रमा झन्डै १० वटा पोल ढलेको छ । उक्त क्षेत्रमा विद्युत् सेवा सुचारु हुन दुई दिन लाग्ने प्राधिकरणले जनाएको छ । गोदावरी–३, फुल्चोकी क्षेत्रमा विद्युत् सेवा अवरोध रहेको र बाटो समेत नभएका कारण मर्मत हुन सकेको छैन ।

भट्टेडाँडा र्‍याडरनजिक भएको क्षतिको विवरण प्राप्त हुन नसकेको प्राधिकरणको भनाइ छ । ललितपुर–१४, कान्तिपुर कोलोनीमा सोमबार बेलुकासम्म विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ ।

किष्ट मेडिकल कलेज पछाडि १५/२० घरमा अझै सुचारु हुन नसकेको प्राधिकरणले जनाएको छ । ललितपुरको लिटिल एन्जल्स स्कुल र भेल्पा जग्गा एकीकरण आयोजनानजिक पोलको मर्मतपश्चात सोमबार बेलुकासम्म सुचारु हुन सक्ने प्राधिकरणको भनाइ छ ।

ललितपुर–२३, हात्तीवन नजिकका क्षेत्रमा सोमबार बेलुकासम्म सुचारु हुन सक्ने तथा गोदावरी–लेले क्षेत्रमा भएको क्षतिको विवरण एकीन हुन नसकेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro