site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खोलाले बगाएका चौधरीको शव भेटियो
प्रतीकात्मक तस्बिर ।

दमक (झापा) । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापाको कमल गाउँपालिका–१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीनदिनपछि मृत अवस्थामा भेटिएका छन् ।

प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो ।

अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता भएका थिए । बाढीले जिल्लामा चौधरीसहित तीनजना बेपत्ता भएका थिए । यसमध्ये कचनकवलकी १५ वर्षीया नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार  शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro