site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नुवाकोटमा हायस ३० मिटर तल खस्यो, ११ जनाको उद्धार
तस्बिर : सामाजिक सञ्जाल ।

काठमाडौं । नुवाकोटमा सोमबार दिउँसो हायस माइक्रोबस दुर्घटना भएको छ । ग१ख ४५३५ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

“११ जनाको उद्धार गरेर काठमाडौं पठाइएको छ,” उनले बाह्रखरीसित भने, “उद्धार कार्य जारी छ।“

हायस सडकदेखि करिब *३० मिटर तल खसेको उनले बताए । उनले यसअघि हायस १०० मिटर तल खसेको बताएका थिए । तर, यकिन गरी हेर्दा ३० मिटरजति देखिएको उनले स्पष्ट पारे ।

शिवपुरी गाउँपालिकाअन्तर्गत टोखा–छहरे सडकखण्डमा पर्ने चापागोठ भन्ने स्थानमा हायस दुर्घटना भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro