site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कस्तो हुनेछ आजको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ । 

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी  प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले बताएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro