site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झ्याप्लेखोलाको पहिरो हटाइएसँगै सडक दुईतर्फी खुल्यो

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएसँगै आइतबार साँझ साढे ७ बजेबाट सडक सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरू थानकोटमै रोकिएका थिए । 

काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ र धादिङ जिल्लाको  धुनिबेँसी नगरपालिका–९ को सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा ३५ जनाको शव भेटिएको थियो ।

असोज ११ गते शुक्रबार बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएका थिए । गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पहिरोमा परेको थियो । यसैगरी बा १ प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro