site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२२ अंकले घट्यो नेप्से, चार अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २२.३६ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २४६४.४० को विन्दुमा पुगेको हो ।

साताको पहिलो कारोबार दिन एक करोड तीन लाख ११ हजार ८८५ कित्ता सेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन सबैभन्दा धेरै कमाउने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा रहेको अफर स्यांग्जे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन क्षेत्रको समूहगत परिसूचक मात्र बढेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro