site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माथिल्लो तामाकोसी जलविद्युत्को पहिरोमा पुरिएका चारजना अझै बेपत्ता

दोलखा । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोमा पुरिएका चारजना अझै बेपत्ता छन् ।

गेट कन्ट्रोल गर्नका निम्ति बनाइएको दुईतले भवनमाथिबाट शनिबार बिहान खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुण दल गणका नरेन्द्रबहादुर पाल र शंकर चन्द र आयोजनामा कार्यरत कर्मचारीहरू नवलपरासीको प्रतापपुरका ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१, स्यालुका ३० वर्षी जयराम तामाङ बेपत्ता भएका हुन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताए । “हिजो बिहान १०ः३० बजेतिर कर्मचारीको सिफ्ट चेन्ज भएको थियो, ११ बजेतिर घटना भयो,” गौतमले भने, “नेपाली सेनाका दुईजना र गेट खोल्ने–बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुईजना कर्मचारी पहिरोमा पुरिएको जानकारी प्राप्त भएको छ ।” रासस

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro