site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोबाट देशभर ६६ जनाको मृत्यु, ६९ बेपत्ता, ६० घाइते : गृह मन्त्रालय

काठमाडौं । गएको बिहीबार रातिदेखिको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म ६६ जनाको मृत्यु भएको छ । ६९ जना बेपत्ता छन् । ६० जना घाइते भएका गृह मन्त्रालयले जानकारी गराएको छ ।

शनिबार साँझ ६ बजेसम्मको विवरणानुसार, सडक, पुल, सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी घर तथा आवासमा क्षति पुगेको छ । बाढीपहिरो र डुबानको जोखिममा रहेका मानिसको उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

“विपद्को यस दुःखद घडीमा गृह मन्त्रालय मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “प्रतिकूल मौसमका कारण हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाइका बाबजुद काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरूको उद्धार कार्य भइरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

सडकको अवस्था सहज नभएसम्म हाल काठमाडौं उपत्यकाबाट बाहिरिने रात्रिकालीन सवारीसाधनलाई रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

p1-1727531148.jpg

p2-1727531148.jpg

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro