site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा सेनाको हेलिकोप्टरमार्फत नौजनाको उद्धार

काठमाडौं । ललितपुरमा बाढीमा फसेका नौजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो ।

ललितपुरको मख्खुबेँसी इलाकाबाट हेलिकोप्टरमार्फत पाँचजनाको उद्धार गरिएको नेपाली सेनाले जानकारी गराएको छ । उद्धार गरी उनीहरूलाई काठमाडौं ल्याइएको छ ।

यस्तै, ललितपुर महानगरपालिका–१४, कान्तिपुर कोलोनीमा डुबानमा फसेका दुईजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

ललितपुरकै कुसुन्ती चोकमा डुबानमा फसेका दुईजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro