site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा चारजनाको मृत्यु, महांकालमा प्रहरी चौकी बग्यो 

ललितपुर । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुईजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । 

गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ । 

महांकाल गाउँपालिका–३ मा तीनवटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महांकाल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए । 

“वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीनवटा घर पनि बगेका छन् । त्यहाँ पाँचजना थिए । उनीहरु सम्पर्क छैनन्”, उनले भने । प्रहरी भने सुरक्षित स्थानतर्फ गएको उनले बताए । 

वाग्मती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए । “हालसम्म मानवीय क्षति भएको छैन”, उनले भने । 

वाग्मती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । “वाग्मती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ । वाग्मती ३ नम्बर वडा कार्यालय जोखिममा छ भने वडा नम्बर ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।” रासस

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro