site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हनुमन्ते खोलाको बाढी फसेका नौजनाको उद्धार
मनोहराखोलामा आएको बाढी ।

काठमाडौं । भक्तपुरमा बाढीमा फसेका नौजनाको उद्धार गरिएको छ । बालकोटस्थित हनुमन्ते खोलाको बाढी फर्निचर बनाउने टहरामा पस्दा नौजना बाढीमा फसेका थिए । 

सशस्त्र प्रहरी बल गुहेश्वरी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई सकुशल उद्धार गरेको हो । 

सप्तरी घर भएका सुरेन्द्र सरदार, लक्ष्मी सरदार, रिना सरदार, रमेश सरदार, सागर सरदार र रोशन सरदारलाई प्रहरीले उद्धार गरेको हो । 

सप्तरीकै जग्गु सरदार, लालो सरदार र चन्दन सिंहलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro