site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
असार–साउनमा भन्दा बढी पानी किन परिरहेछ ? बेलुकाबाट घट्न थाल्नेछ 

काठमाडौं । पछिल्लो दुई दिनदेखि देशभर भइरहेको वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

मौसम विभागका अनुसार पानी नपरेको क्षेत्र कतै छैन । काठमाडौंसहित देशभरका सडक अस्तव्यस्त बनेको छ । वाग्मती नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । नजिकका घरहरु डुबानमा परेका छन् । सडकसमेत जलमग्न भएको छ ।

यसरी गरिन्छ मौसम पूर्वानुमान, कस्तो छ प्रविधि ? (भिडियो)

असार–साउनमा भन्दा बढी वर्षा भएकाले सचेतता अपनाउन विभागले अनुरोध गरेको छ ।

किन भइरहेको छ लगातार वर्षा ? 

मौसमविद् विनु महर्जनका अनुसार बंगालको खाडीबाट उत्पन्न भएको न्युनचापीय प्रणाली भारतको मध्येप्रदेश हुँदै नेपाल भित्र एकोहोरिएर प्रवेश गरेको थियो । त्यस प्रणालीले सामान्यभन्दा बढी वर्षा गराएको हो । विभागले गरेको पूर्वानुमानअनुसार आज बेलुकासम्म यस्तै झरी रहिरन्छ । बेलुकाबाट मात्रै झरी कम हुने सम्भावना छ ।

पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा सर्लाहीमा भएको छ । सर्लाहीमा एक घण्टामा ४८.२ मिलिमिटर वर्षा भएको छ ।तर पछिल्लो २४ घण्टामा देशभर नै हल्कादेखि अति भारीसम्म वर्षा भएको छ ।

“पानी आज दिनभर यस्तैगरी पर्ने देखिन्छ,” उनले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “साँझबाट घट्न थाल्छ । तर भोलि मध्याह्नपछि मात्रै आकाश खुल्न सक्ने अनुमान गरेका छौँ ।”

गण्डकी, कोसी, मधेस, लुम्बिनी र वाग्मतीमा भारी वर्षा भएको हो । काठमाडौं, काभ्रेलगायतका स्थानमा पछिल्लो २४ घण्टामा अति भारी वर्षा भएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro