site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको अन्नपूर्णचोक नजिककैको खोलाले एक जनालाई बगायो

काठमाडौं । काठमाडौंको अन्नपूर्णचोक नजिककैको खोलामा एकजना बेपत्ता भएका छन् ।

शुक्रबार साँझ ६ बजेतिर वाग्मती प्रदेश–०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलका चालक खोलामा बेपत्ता भएका हुन् । खोलाले चालकलाई मोटरसाइकलसहित बगाएको थियो । मोटरसाइकललाई तत्काल निकालिए पनि चालकलाई भेटाउन नसकिएको प्रहरीले जनाएको छ ।

चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी तथा खोलाको बहाब बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro