site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी, लुम्बिनी र गण्डकीमा भारी वर्षा, धेरै नदीमा बाढीको उच्च जोखिम

काठमाडौं । पछिल्लो ६ घण्टामा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, हाल मधेस प्रदेश, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, गण्डकी र वाग्मती प्रदेशको अधिकांश साना नदीहरूमा बहाब सतर्कता तह आसपास रहेको छ ।

साथै, आगामी १२ घण्टा देशका विभिन्न नदीमा बाढीको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Riv-1727447264.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro