site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार अभियोगमा १३ वर्ष सजाय पाएका बिक १८ वर्षपछि पक्राउ

काठमाडौं । पर्वत प्रहरीले बलात्कार अभियोगमा दोषी ठहर भएर पनि फरार रहेका एकजनालाई १८ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले बिहीबार पर्वत पैयु गाउँपालिका–२ का ५८ वर्षीय भीमबहादुर बिक भनिने भीमबहादुर सुनारलाई पक्राउ गरेको हो ।

बिकलाई जिल्ला अदालत पर्वतले २०६३ चैत २१ मा १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि विभिन्न ठाउँमा लुकेर बस्दै आएका बिकलाई विशेष सूचनाको आधामार उनकै घरमा खोजी गर्न जाँदा फेला परेपछि पक्राउ गरिएको पर्वत प्रहरी प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए ।

पक्राउ परेका बिकलाई आवस्यक कारबाहीका लागि जिल्ला अदालत पर्वत उपस्थित गराएपछि कारागार चलान गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro