site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट सर्वोच्चले गर्‍यो खारेज 

काठमाडौं । सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद खारेजीको माग गरिएको रिट सर्वोच्चले खारेज गरिदिएको छ । सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चारजनाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

उक्त रिटमा न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो । नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाशको पत्र पाएका २१ प्रहरी अधिकृतले नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएकाे थियाे । त्यसपछि सशस्त्रबाट पनि डीआईजी खत्रीसहितको रिट जारी भएको थियो । त्यसमा न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

डीआईजी खत्रीसहितका तर्फबाट वारेस अनिता अधिकारीले दायर गरेको रिट बिहीबार खारेज भएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro