site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका तीनजना दुबईबाट पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ठगी र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका तीन नेपालीलाई दुबईबाट पक्राउ गरिएको छ । ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाडौंको नागार्जुन नगरपालिका–९ का २८ वर्षीय रियाज भनिने कबिर बुढाथोकीलाई पक्राउ गरिएको हो ।

यस्तै, जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्कीलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro