site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२० खर्ब ९२ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति, १६ महिनाको आयात धान्ने

काठमाडौं । सरकारसँग चालु आर्थिक वर्ष २०८१/०८२ को साउनमा २० खर्ब ९२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ ।

असार महिनाको २० खर्ब ४१ अर्बको तुलनामा विदेशी मुद्रा सञ्चिती २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब २२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये राष्ट्र बैंकसँग १८ खर्ब ८३ अर्ब ४२ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब आठ अर्ब ७९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चितिमा २२.६ प्रतिशत भारतीय मुद्राको हिस्सा छ ।

आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro