site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनान प्रवेश गर्ने इजरायली सेनाको तयारी : अमेरिका, ईयूले गरे युद्धविराम प्रस्ताव
तस्बिर : रोयटर्स ।

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (ईयू) र सहयोगी राष्ट्रहरूले लेबनानमा तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी राष्ट्रले यो समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका छन् ।

अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन)बीचको दुस्मनी हाल असह्य भएको बताएका छन् । यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको छ । यो लेबनान र इजरायलका जनताको हितमा छैन ।

युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखको एक घोषणापछि गरिएको हो । हवाई हमलापछि इजरायलले लेबनानस्थित हिजबुल्लाहका ठेगानाहरूमा जमिन आक्रमणको तयारी गरिरहेको उनले बताएका थिए ।

इजरायलले विगत तीन दिनदेखि लेबनानस्थित हिजबुल्लाहका ठेगानामा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ ।

इजरायली आक्रमणमा हालसम्म करिब ५०० जनाको मृत्यु भइसकेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro