site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माणको अन्तिम चरणमा त्रिशूली थ्री बी सबस्टेसन

काठमाडौं । त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । रसुवागढी, साञ्जेल आयोजनाको बिजुली बोक्ने प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको हो । चिलिमेबाट उक्त सबस्टेसनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्र पुगेको छ ।

उक्त प्रसारण लाइनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निरीक्षण गरेका छन् । त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए ।

उक्त सबस्टेसनको मंगलबार स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिए ।

ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए । “सबस्टेसन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेसनमा ल्याउन निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,” ऊर्जामन्त्री खड्काले भने ।

खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्रीए जलविद्युत् आयोजना समेत निरीक्षण गरेका छन् ।

ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro