site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा भारी वर्षा
राप्ती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । मकवानपुरमा मंगलबार बिहान भारी वर्षा भएको छ । मकवानपुरगढी वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्र भई बहने पूर्वी राप्ती नदी र यसका सहायक साना खोलाहरूमा जलसतह बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असोज ८, बिहान ७ः५० बजे । पछिल्लो तीन घण्टामा मकवानपुर जिल्लाको मकवानपुरगढी वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने पूर्वी राप्ती नदीलगायत यसका सहायक स–साना खोलाहरूमा जलसतह बढ्ने रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

dsamfg-1727149160.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro