site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बिमा 

म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । 

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए । उनका अनुसार पालिकाले विपन्न नागरिकका लागि ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमाका लागि तीन लाख बजेट विनियोजन गरेको छ । 

यस वर्ष गाउँपालिकाले नौ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ । विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रमबाट चार हजार पाँच सयजना लाभान्वित हुने पालिकाले जनाएको छ । वडा कार्यालयबाट अहिले विपन्न नागरिकको विवरण संकलन भइरहेको छ । 

वडा कार्यालयमा प्राप्त हुन आउने निवेदनमा गाउँ कार्यपालिकाको बैठकबाट छनोट गरेर एक वर्षको लगानीमा स्वास्थ्य बिमा गरिने गाउँपालिकाले जनाएको छ । पाँचजनाको परिवारले वार्षिक तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्मलाई एक लाखसम्मको उपचार सेवा पाउनेछन् । 

यस्तै पाँचजनाभन्दा बढीको परिवार भएमा प्रतिव्यक्ति सात सय थप हुनेछ भने उनीहरूले थप २० हजार बराबरको उपचार सेवा पाउनेछन् । रासस

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro