site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औँल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औँ एसियन ट्रेड प्रमोसन फोरममा ढकालले विदेशी लगानीकर्तालाई होटल, थिम पार्क र साहसिक पर्यटन गन्तव्यहरूजस्ता क्षेत्रमा सम्भावना रहेको जानकारी गराएका हुन् ।

ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसर रहेको बताए । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कलाजस्ता क्षेत्रमा उल्लेखनीय वृद्धि भएको र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्‍याएको बताए ।

ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यस क्षेत्रमा योगदान गरिरहेको बताए । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उनको भनाइ छ ।

ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरूलाई पनि औँल्याएका छन् । उनले नेपालले हालसालै लगानीसम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको पनि जानकारी गराए ।

नेपालको जलविद्युत् क्षेत्रको बढ्दो सम्भावना रहेको चर्चा गर्दै ढकालले भारतले आगामी दस वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको र बंगलादेशमा देखिएका नयाँ अवसरहरू पनि जानकारी गराएका थिए । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro