site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार महासंघको निर्वाचनबारे सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसकेकोमा कारण देखाऊ आदेश जारी गरेको छ । पत्रकार महासंघलाई विपक्षी बनाएर ध्रुवप्रसाद चौलागाईंले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले समयमा निर्वाचन हुन नसक्नुको कारण माग गरेको हो । 

रिटमा चौलागाईंले वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेको भन्दै अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिन अन्तरिम आदेश माग गरेका छन् । 

वैकल्पिक माध्यमबाट ६ महिनाभित्र निर्वाचन गराउन मागेको अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्चले समयमा निर्वाचन हुन नसक्नुको कारण लिखित रूपमा पेस गर्न आदेश जारी गरेको छ । 

रिटमा अघिल्लो वार्षिक साधारणसभामा सहभागी पुरानो सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गर्न पनि आदेश माग गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro