site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वडीआईजी जोशीमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए ।

उनलाई आइतबार नै पोखरा ल्याइएको थियो । स्वास्थ्य जाँचपश्चात कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न पाँच दिन म्याद थपेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ ।

प्रहरीले १० दिनको समय माग गरेता पनि अदालतले भने पाँच दिन मात्रै समय थपेको हो ।

संसदीय समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा जोशीलाई पनि कारबाही सिफारिस गरेको थियो । विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिको निष्कर्ष छ । सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदनअनुसार, सुरुमा जीबी राई र जोशीले आधा–आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसअघि उनीहरू नेटवर्किङ व्यवसायमा साझेदार थिए । जोशीले नै बयानमा आफ्नो १५ प्रतिशत सेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएको बताएका थिए ।

प्रतिवेदनअनुसार, छविले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । वीरगन्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैयाँ ऋण लिएका थिए ।

समितिले जीबी राईसहित कुमार रम्तेल, लामिछाने र जोशीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro