site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानले गर्‍यो सैन्य परेडमा ब्यालिस्टिक मिसाइल र ड्रोन अनावरण

काठमाडौं । इरानले आफ्नो देशको सशस्त्र बलद्वारा आयोजित परेडमा लामो दूरीको ब्यालिस्टिक मिसाइल र ड्रोनको अनावरण गरेको छ । दक्षिणी तेहरानमा इस्लामिक गणतन्त्रका दिवंगत संस्थापक इमाम खोमेनीको समाधिस्थलमा परेडका क्रममा पहिलोपटक ‘जहाद’ ब्यालेस्टिक मिसाइल र ‘शाहेद–१३६बी’ ड्रोन प्रदर्शन गरिएको हो ।

उक्त कार्यक्रमले सन् १९८० को दशकमा भएको आठ वर्षको इरान–इराक युद्धको सम्झनामा पवित्र रक्षा सप्ताहको सुरुआत भएको उल्लेख गरिएको छ ।

ठोस इन्धनद्वारा सञ्चालित एक चरणको जहाद ब्यालिस्टिक मिसाइलले एक हजार किलोमिटर टाढासम्मको लक्ष्यलाई सटीकताका साथ प्रहार गर्न सक्छ । फार्सका अनुसार, यो इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरको एयरोस्पेस फोर्सले डिजाइन र विकास गरेको हो ।

टर्बोजेट इन्जिनद्वारा सञ्चालित शाहेद–१३६बी ड्रोनले दुई हजार ५०० किलोमिटर टाढाको लक्ष्यलाई नष्ट गर्न सक्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro