site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यज्डी मोटरसाइकलको दसैँ अफर : डेढ लाख रुपैयाँ छुटदेखि ५ वर्ष नि:शुल्क सर्भिसिङ

काठमाडौं । यज्डी मोटरसाइकलले दसैँतिहार विशेष अफर ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटोइंकले यज्डी रेन्जमा ३ अफरहरू सार्वजनिक गरेको हो ।

यसअन्तर्गत, यज्डीका बाइक खरिदमा डेढ लाख रुपैयाँ नगद छुट मिल्ने भएको छ । यस्तै, किस्तामा बाइक किन्दा शून्य प्रतिशत ब्याज सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।

यसबाहेक यी बाइकको सर्भिसिङ पाँच वर्षसम्म नि:शुल्करूपमा गर्ने कम्पनीले जनाएको छ ।

अन रोड र अफ रोड सबैतिर चलाउन सकिने शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ ।

मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको कम्पनीले जनाएको छ ।

ग्राहकले काठमाडौंको उत्तरढोका र नेपालगञ्जमा रहेका सोरुमबाट बाइक खरिद गर्दा अफर पाउने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro