site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई किन पक्राउ गर्न खोज्दैछ प्रहरी ? के थियो उजुरी ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको समाचार बुधबार एकाएक फैलियो । 

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले बाह्रखरीसँग टेलिफोनमा कुरा गर्दै भनेका थिए, “प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरूद्ध समेत अदालतले वारेन्ट जारी गरेको छ ।”

शर्माका अनुसार विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीहरु तीनजना विरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।  तर, वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रहरीले भने प्रसाईंसहित तीन जनालाई पक्राउ गरेको छैन ।

अझ प्रहरीको साइबर ब्युरोले नै प्रसाईंसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पक्राउको अनुमति मागेको थियो । अदालतले पक्राउको अनुमति दिएपछि भने प्रहरी पक्राउ गर्नबाट पन्छिएको छ । 

बुधबार पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले पत्रकार सम्मेलन नै गरेर आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीले नागरिकको बोल्न पाउने अधिकार नै खोसिएको बताएका छन् ।

आफ्नै निवास भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले भनेका छन्,‘‘संविधान दिवसका दिन सर्लाहीको लालबन्दीमा विशाल कार्यक्रम राखेका थियौं । त्यसका लागि मञ्चसमेत तयार भएको थियो । त्यही कार्यक्रम विथोल्ने उद्देस्यले हामी तीनजना विरुद्ध आज बिहानमात्रै पक्राउ पुर्जी जारी गरिएको छ । यसले नागरिकको अधिकार खोसेको छ ।’’

तस्करहरुको विरोध गर्दा आफू माथि सरकारले पक्राउ पुर्जी जारी गराएको उनको आरोप छ ।  प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले भने प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी भएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

उनी भन्छन्,‘‘प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको मेरो जानकारीमा छैन । यो विषय कसरी बाहिर आयो । अनुसन्धानको विषयमा हामीले पक्राउ पुर्जी जारी भयो भन्न नै मिल्दैन । सोधपुछका लागि बोलाउँदा आउनुभएन भने हामीले नियन्त्रणमा लिनुपर्ने पनि हुन सक्छ तर अहिले यो मेरो नलेजमा छैन ।’’

प्रहरी उच्च स्रोतले भने संविधान दिवसको दिन भएकाले प्रसाईंलाई पक्राउ नगरिएको बताए । 

ती अधिकारीले भने, “अदालतबाट पक्राउ पुर्जी नै पाएपछि पक्राउ नगर्ने भन्ने हुँदैन । हाम्रो टोलीले उनको गतिविधि हेरि नै रहेको छ । एक–दुई दिनभित्रै अनुसन्धानका लागि ल्याउँछौं ।”

प्रहरी अधिकारीका अनुसार एक महिलाले प्रसाईंका कारण आफ्नो चरित्र हत्या भएको र मानप्रतीष्ठामा गम्भीर चोट परेको भन्दै उजुरी दिएपछि ब्युरोले अनुसन्धान थालेको हो ।
 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro