site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ माथिको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो ।  

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पताल अब विकास समितिमार्फत सञ्चालन हुनेछ । प्रस्ताव स्वीकृत भएसँगै तीन सयभन्दा बढी कर्मचारीको वृत्ति विकासको बाटो खुलेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए ।

सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् ।

साथै, अब नयाँ नियमावलीअनुसार नयाँ करार कर्मचारीलाई लोकसेवामार्फत स्थायी हुने बाटो समेत खुलेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro