site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षामा लगानी नबढाएसम्म गुणस्तर बढ्दैन : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् । 

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोब्बर नबनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन् । 

उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्यलगायत सांसद, नेता सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुर्याइने जानकारी दिए । 

शिक्षालाई सूचना प्रविधिसँग जोड्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भए पनि यसबाट बालबालिकामा हुनसक्ने नकारात्मक असरका बारेमा भने सजग हुनुपनेमा उनको जोड छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro