site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उच्च माग भएपछि एमजीले जेडएस ईभीको अफर अवधि छोट्यायो

काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको नाडा–दसैँ अफर सकिन लागेको घोषणा गरेको छ ।

एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन अफर सुरु गरेको बताएको छ ।

अक्टोबर ५ सम्म चल्ने भनिएको अफर ग्राहकको उच्च मागका कारण २० सेप्टेम्बरमै समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।

यो सीमित अवधिको अफर अवधिमा एमजी जेडएस ईभी डिलक्स ४६ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

एमजी जेडएस ईभी डिलक्समा ६ वटा एयरब्यागहरू, अटो होल्ड, हिल लन्च असिस्ट, फ्रन्ट कोलिजन वार्निङ र स्पीड असिस्टेन्स सिस्टम समावेश छन् । यसमा एडास लेभल २ प्रविधि र वायरलेस चार्जिङको सुविधा उपलब्ध छ ।

पारामाउन्ट मोटर्सकाले ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताएको छ । ग्राहकको उच्च मागका कारण अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्न लागेको कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro