site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धनगढीका मेयर हमालले किने स्काइवेलको एसयूभी ईभी

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले खरिद गरेको ईभी स्काइवेलले त्यहीँ पुगेर हस्तान्तरण गरेको छ ।

मेयर हमालले हालै सम्पन्न नाडा अटो शो २०२४ मा स्काइवेलको आधिकारिक वितरक जी मोटर्समा ६२० किलोमिटर रेन्ज दिने स्काइवेल ईटी५ बुकिङ गरेका थिए ।

जी मोटर्सका एजीएम नबिन फुयाँल र सेल्स अफिसर शिरिष श्रेष्ठले धनगढी नै पुगेर गाडी हस्तान्तरण गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालले बताए ।

१९७ एमएम ग्राउन्ड किल्यरेन्स रहेको लङ रेन्जको प्रिमियम ईभी एसयूभी स्काइवेल ईटी५र खरिद गरेकामा मेयर हमाल प्रति कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले कृतज्ञता व्यक्त गरे ।

हाल नेपालमा ४० वटा भन्दा बढी स्काइवेलको ईटी५ चलिरहेको कम्पनीले जनाएको छ । १५० किलोवाट मोटर पावर रहेको गाडीले ६२० किलोमिटर रेन्ज दिन्छ ।

नाडामा १२६ र त्यस पछिका बुकिङ गरेर १५० भन्दा बढी बुकिङ रहेको कम्पनीले जनाएको छ ।

ईटी५ र बिई ११ मोडेल गरी हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीमा छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro