site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
प्रतीकात्मक तस्बिर ।

त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो । ७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो । मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौंबाट दुप्चेश्वर आएका अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । रासस

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro