site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इलाका प्रहरी कार्यालय पोखरीयाका इन्स्पेक्टर तानिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय पोखरीया पर्साका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन ढकाललाई पाँच महिना नपुग्दै तानेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले ढकाललाई तानेर उनको ठाउँमा प्रहरी प्रधान कार्यालबाट अर्का इन्स्पेक्टर स्वरुप शर्मालाई पठाएको हो । 

प्रहरी नियमावलीमा प्रहरी अधिकारीको साधारणतया एक वर्ष नपुग्दै सरुवा नगरिने भन्ने उल्लेख छ । तर, ढकाललाई भने पाँच महिना नपुग्दै तानेर शर्मालाई पठाइएको हो । भारतीय सीमा जोडिएको पोखरीय नाकामार्फत अवैधबस्तु ओसारपसारका घटना बढेको र आर्थिक चलखेलमा इन्स्पेक्टर ढकालको भूमिका शंकास्पद देखिएपछि उनलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

केही दिनअघि मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको भूमिका समेत शंकास्पद देखिएपछि उनको समेत सरुवा गरिएको थियो । 

त्योबाहेक प्रहरी प्रधान कार्यालयले लामो समयदेखि मधेस प्रदेशमा कार्यरत दर्जन प्रहरीलाई हेडक्वाटर तानेको छ । प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले पनि इन्स्पेक्टर ढकालको काम सन्तोषजनक नदेखिएपछि फिर्ता बोलाइएको बताए ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro