site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ । भाषा शुद्धीकरणसहितका विषयका कारण ढिला गरी प्रतिवेदनमा हस्ताक्षर भएको हो । प्रतिवेदन आजै संसद्मा बुझाउने तयारी छ ।

लामो छानबिनका क्रममा समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसद्ले जेठ १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिए पनि सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको थियो । थप गरेको अन्तिम समयअगावै समितिले अन्तिम प्रतिवेदन तयार गरेको हो ।  

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro