site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं । नेपाली नक्कली नेपाली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ का ३१ वर्षीय महेश रोक्का छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आइतबार (हिजो) सौगालबाट पक्राउ गरेको हो । रोक्काकै कोठाबाट पक्राउ गरिएको परिसरका एससपी नरेश सुवेदीले जानकारी दिए ।

कोठाभित्र फोटोकपी मेसिनमार्फत उनले नक्कली नोट छापेको खुलेको छ । उनको कोठाबाट एक हजार रुपैयाँ दरका ११५ थान नक्कली नोट बरामद गरिएको छ । रोक्कामाथि थप अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।

यसअघि, गत वर्ष चैतमा ललितपुर प्रहरीले नै दुई लाखबराबरको नेपाली नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको थियो । त्यति बेला पक्राउ परेका करण प्रधान, सञ्जय अधिकारी र सविन हुमागाईं पुर्पक्षका निम्ति थुनामा छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro