site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आरबी अंकल : उद्यम र नवप्रवर्तनका विरासत

काठमाडौं । नेपालको उद्यम क्षेत्रका एक ‘लेजेन्ड’ मानिन्छन्, राश बिहारी रौनियार । जो माया एवं सम्मानले ‘आरबी अंकल’ भनेर चिनिन्छन् । सन् १९४६ मा जन्मिएका उनी देशको आर्थिक रूपान्तरणका प्रत्यक्षदर्शी र एक हिस्सा हुन् । भारतमा समेत उक्त समयमा रौनियार परिवारको व्यवसाय क्षेत्रको ठूलो इतिहास छ ।

नेपालमा रौनियारको व्यावसायिक यात्रा राणाशासनका बेलामा सुरु भएको थियो । उनको परिवारले टेक्सटायलदेखि आयात–निर्यातका क्षेत्रमा विभिन्न व्यवसाय खडा गर्‍यो । नेपालमा रासायनिक मल, डिपार्टमेन्ट स्टोर एवं यातायात उद्योगका क्षेत्रमा रौनियार आफैँले अग्रगामी र महत्त्वपूर्ण योगदान दिएका थिए । उनले जलविद्युत् परियोजनादेखि दूरसञ्चार नेटवर्कसम्म नेपालको पूर्वाधार विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिए ।

वीरगन्जमा देशको पहिलो सुक्खा बन्दरगाह निर्माण गर्न विश्व बैंकसँगको वार्तामा रौनियार पनि संलग्न थिए । वास्तवमा वीरगन्जको सुक्खा र विराटनगरको कन्टेनर बन्दरगाह सञ्चालन गर्नमा उनी नै प्रमुख थिए । यसबाहेक, बहुविध सामान ढुवानी ऐनको मस्यौदामा समेत उनले उल्लेखनीय योगदान गरेका थिए ।

व्यापार, व्यवसायभन्दा पर उनी शिक्षा र उद्यमशीलताको आवाज उठाउने प्रखर व्यक्ति (एड्भोकेट) थिए । उनले सफलताका निम्ति शिक्षा नै महत्त्वपूर्ण आधार भएको भन्दै युवालाई आफ्नो सपना पूरा गर्न प्रोत्साहित गर्ने गर्थे । रौनियारको ‘लिगेसी’ नेपालको विकासमा उनको उद्यमशीलतातर्फको लगाव, इन्नोभेसन र प्रतिबद्धताको प्रमाणका रूपमा हेरिएको छ ।

उद्यम एवं व्यावसायिक क्षेत्रमा अमिट छाप छोडेका राश बिहारी रौनियार अर्थात् ‘आरबी अंकल’ आज यो संसारमा छैनन् । तर, आफ्ना कार्यमार्फत उनी भावी पुस्ताको प्रेरणा बनिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro