site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओमोडा ई५ डीएलएक्स र जेको जे६ पोखरामा सार्वजनिक

काठमाडौं । पोखराका निम्ति ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक रूपमा सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमबीच गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गर्दै जेको जे६ र ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र महाप्रबन्धक आशीष दाहाल एवं इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल र म्यानेजिङ डाइरेक्टर शिव बरालले गाडी सार्वजनिक गरेका थिए ।

इलाइट मोटर्सका चेयरम्यान बरालले ओमोडा ई५ र जेको जे६ का निम्ति उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका बताए । ग्राहकका निम्ति एक्सचेन्ज र फाइनान्सलगायत सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे । पोखरामा चाँडै नयाँ सर्भिस सेन्टर स्थापनाको घोषणा गरिने उनको भनाइ छ ।

w2-1726401500.jpg
एसपीजी अटोमोबाइल्सका डाइरेक्टर शारडाले नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइनसहितका सवारीसाधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसनसहित आफ्नो नेटवर्क विस्तार गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।

पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्ससहितको वान–स्टप सुविधा उपलब्ध गराएको उनले उल्लेख गरे । उनले देशभर १५ भन्दा बढी सर्भिस नेटवर्क र ५० भन्दा धेरै स्थानमा चार्जिङ स्टेसन विस्तार भइरहेको बताए ।

नेपालका निम्ति ओमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको पोखराका लागि आधिकारिक वितरकका रूपमा इलाइट मोटर्सले विगत १४ वर्षदेखि ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro