site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हाइटीमा ट्यांकर विस्फोट हुँदा २४ जनाको मृत्यु

पोर्ट–ओ–प्रिन्स । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते छन् । केही घाइतेको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए ।

पियरेका अनुसार, उद्धारकर्ताले विस्फोटस्थलनजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो । शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

घाइतेलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह सहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका निम्ति लगिएको छ । ६ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको छ ।

अरू १३ जनाको शरीरका ८० प्रतिशतभन्दा बढी भाग जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro