site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पीडितले प्रधानमन्त्रीका कारण न्याय नपाएकाले बाल दिवसको शुभकामना दिन सकिनँ : मेयर बालेन
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पीडितले न्याय नपाएकाले आफूले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् । पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएको उनको भनाइ छ ।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले उक्त शुभकामना प्रधानमन्त्रीलाई नै टक्र्याउन चाहेको भन्दै कटाक्ष गरेका छन् । “पीडित बालिकाहरूले प्रम (खडगप्रसाद ओली)को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्र्याउन चाहन्छु, ग्रहण गर्नुहोला,” मेयर बालेनले फेसबुकमा लेखेका छन् ।

शनिबार ६०औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro