site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा
प्रतीकात्मक तस्बिर ।

डोटी । अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा ल्याइएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरोले अवरुद्ध बनेको डडेलधुरा–डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

भदौ २६ रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले राजमार्ग पूर्ण अवरुद्ध बनेको थियो । शनिबार दिउँसो साढे १ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

राजमार्ग सञ्चालनमा ल्याइएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम र बाजुराबाट तराई जाने र आउने यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro