site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ढुसी लागेका खाद्य सामग्री बेच्ने डेरी उद्योग ‘सिल’

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य डेरी प्रडक्ट बेच्ने एक उद्योग ‘सिल’ गरेको छ । नयाँ बानेश्वरस्थित एकतामार्गमा रहेको अर्जुन डेरी उद्योगमा बिहीबार (हिजो) अनुगमन गरी सिल गरिएको हो ।

बेकरी सर्टेनिङलाई शुद्ध घिउ भन्दै प्याकिङ गरी बिक्री गरेको उजुरीका आधारमा विभागको टोली अनुगमनमा पुगेको थियो । अनुगमनका क्रममा ढुसी लागेको तथा लेबल विवरण उल्लेख नगरिएको बटर १५ केजीको ब्लक १६ थान भेटिएको थियो ।

ढुसी लागेको २५ केजी चिज र लेबल विवरण नगरिएको घिउ पनि बिक्री गरेको पाइएको थियो । साथै, बटरबाट घिउ तयार गर्ने भाँडो फोहोर अवस्थामा थियो । घिउ उत्पादनका निम्ति अनुमतिपत्र नलिएको समेत पाइएको विभागले जनाएको छ ।

विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधिको रोहबरमा उद्योगको भण्डारण कक्ष सिल गरेको छ ।

दैनिक रूपमा दुई अनुगमन टोली खटाई काठमाडौं उपत्यकाभित्र बजार अनुगमन भइरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro