site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बबई नदी खतरा तह पार
फाइल तस्बिर ।

काठमाडौं । बर्दियास्थित बबई नदी शुक्रबार बिहान खतरा तह पार भएको छ । बबई नदी जलमापन केन्द्रमा जलसतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २८, बिहान ८ बजे । बर्दिया जिल्लास्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले खतरा तह (६.८ मि.) पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरू आज साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला,” विभागको सूचनामा उल्लेख छ ।

dasfmg-1726198101.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro